राजनीति

गिरीको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौँ, ६ भदौ । प्रतिनिधि सभाको आजको बैठकले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा गिरिको निधनमा दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको हो । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार बिहान १० बजे बस्नेछ । गिरीको शनिबार बेलुकी निधन भएको थियो । उनको आइतबार अन्त्येष्टि गरिएको थियो ।