Banner News

६५८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौँ, ६ भदौ । थप ६५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९५ हजार ६४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार २९६ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४५६ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७९ हजार ३५७ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९१ जना रहेको मन्त्रालयले जनाएको छ ।