राजनीति

बाबुरामलाई लाग्यो झडका, केन्द्रीय उपाध्यक्ष चौधरी एमालेमा प्रवेश



काठमाडौँ, ६ भदौ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुरचौधरी नेकपा एमालेमा प्रवेश गरेका छन ।

चौधरीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहितनेसपाका लुम्बिनीका नेताहरू पार्टीमा स्वागत गरेका छन ।

चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्केकाहुन भने चौधरीसंगै दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनिमाओवादी त्यागेर एमालेमा प्रवेश गरेका छन ।