काठमाडौं ७ भदौ । नेकपा एमालेले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव पेस गरेको छ। निर्वाचन आयोगमा मंगलबार बुझाइएको सुझावमा एमालेले निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने सुझावलाई समेटेको हो।
एमालेका महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित सुझाव पत्र निर्वाचन विभागका उपप्रमुख निरज आचार्यको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगलाई बुझाएको हो। एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टा घटाई २४ घण्टा बनाउनुपर्ने, उम्मेदवारको मनोनयन पत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि पच्चीस जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने बताएको छ ।
यस्तै निजी क्षेत्रमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई छुट्टै आचारसंहिता लागू नगराई आम मतदातालाई लागू हुने आचारसंहिता लागू गर्न आह्वान गरेको छ। उम्मेदारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारको लागि पच्चीस जनाभन्दा बढीको जुलुस लैजान नपाइने लगायतको व्यवस्था हुने भएकाले सो व्यवस्था हटाउनुपर्ने माग पनि एमालेको छ।
यसैगरी जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, अनुसूची–३ को दफा ८ को मत सदर बदर भए उपरको पुनरावेदकीय अधिकारबाट बञ्चित हुने प्रावधान हटाउनुपर्ने उल्लेख छ।
यस्तो छ सुझाव पत्र
मिति २०७९्०५्०६ श्री निर्वाचन आयोग, नेपाल कान्तिपथ, काठमाडौंं ।
विषय स् प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ को मस्यौदा सम्बन्धमा राय–सुझाव ।
निर्वाचन आयोगको मिति २०७९्०५्०१ को प।सं। च।नं। ६७्०७९्८० को पत्रसाथ संलग्न मस्यौदामा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को निम्नानुसार राय सुझाव रहेको धारणा प्रस्तुत गर्दछौं ।
१ आचारसंहिताको दफा २ को परिभाषा खण्ड ९प० मा रहेको मौन अवधिलाई घटाई २४ घण्टा बनाउनुपर्ने,
२ परिभाषा खण्डकै ९व० मा रहेको सामाजिक सञ्जालको परिभाषा दिई उदाहरणको रुपमा रहेको एसएमएस हटाई बाँकीलाई राख्नुपर्ने,
३ दफा ४ को ९क० ‘।सार्वजनिक निकाय वा भन्दा पछाडि सो अन्तर्गत थप गर्नुपर्ने,
४ दफा ४ को ९छ० मा ‘।प्रचार प्रसारमा भन्दा पछाडि संलग्न गराउने नियतले भन्ने थप गर्नुपर्ने,
५ दफा ४ को ९ड० मा रहेको ‘।शेयर पछि लाइक हटाउने किनकि लाइक नियतरहित र अनायास पनि हुन्छ ।
६ दफा ४ को ९त०मा रहेको मत परिणामको घोषणाको सट्टा मतदान सम्पन्न भन्ने राख्ने,
७ दफ ४ को ९द० मा रहेको‘।कसैको पक्ष वा विपक्षमा‘ भन्ने हटाउने, वा अवरोध गर्नेगरी भन्ने थप गर्ने
८ दफा ५ मा ‘।।पदाधिकारिले भन्दा पछाडि निर्वाचन घोषणा भएर मतदान सम्पन्न नभएसम्म थप गर्ने,
९ दफा ५९क० मा शुरुमा सरकारी श्रोत साधन प्रयोग गरी थप्ने र सो को प्रतिवन्धात्मक वाक्य हटाउने,
१० दफा ५ ९छ० मा मौन अवधिभर पछाडी निर्वाचनसँग सम्बन्धित थप्ने र वा पछिको निर्वाचनसँग सम्बन्धित थप गर्ने,
११ दफा ६ को संवैधानिक निकायलाई सरकार र अन्यसरह एउटै स्थितिमा नराख्ने,
१२ दफा ६ को ९ज० र ९झ०, तथा दफा ७ को ९छ० र ९ज० लाई गाभेर एउटै बनाउनु पर्ने,
१३ दफा ७ को९ङ० दफा ९ को ९ङ० दफा १० को ९घ० मा नियमित ग्रेडबाहेक थप ग्रेड भनी उल्लेख हुनुपर्ने,
१४ दफा ८ को ९ख० मा रहेको ‘।।कार्यालयको भन्दा पछिको ‘वा आफ्नो‘। हटाउने,
१५ दफा ८ को ९ग०मा निर्वाचनलाई भन्दा पछि प्रतिकुल थपि विषयमा सट्टा गरी शव्द राखी वाक्य मिलाउने,
१६ दफा ९ को अध्ययनलाई हटाउने,
१७ दफा ११ मा रहेको निजी क्षेत्रको हटाउने र त्यसको सट्टा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदार संस्थामा भन्ने थप्नुपर्ने,
१८ दफा १२ को ९ख० मा ‘‘‘अनुमति नलिई‘‘‘। को सट्टालाई जानकारी नदिई भन्ने थप गर्ने,
१९ दफा १२ को ९ग०मा रहेको ‘बहत्तर।। को सट्टा चौबीस राख्ने र कार्यक्रम जुध्ने भएमा स्थानीय प्रशासनले कार्यक्रमको मिति, समय, मार्ग र स्थान परिवर्तन गर्न दिएको आदेश पालना गर्नुपर्ने भनी थप गर्ने,
२० दफा १२ को ९ञ० मा ८ को सट्टा ७ र प्रतिबन्धात्मक वाक्यमा साँझ ७ राख्न उपयुक्त हुने,
२१ दफा १२ को ९ट० मा।।जुलुसमा‘ भन्दा पछि सहभागि गराउने उद्देश्यले‘। भन्ने थप गर्ने,
२२ दफा १२ को ९ड०र ९ढ० गाभी एउटै बनाउने र उम्मेदवार वा दलको कार्यालय र उम्मेदवारले प्रयोग गर्ने एउटा गाडीमा दलको झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न पाउने गरी अन्यत्र कुनै किसिमले प्रयोग गर्न नपाउने गरी वाक्य संरचना गरी प्रतिबन्धात्मक वाक्यांश राख्ने ।
२३ दफा १२ को ९ण० पुरै हटाउने,
२४ दफा १३ को ९घ० मा दफा १७९ग० को प्रतिबन्धत्मक वाक्य थप गर्ने,
२५ दफा १३ को ९छ० मा‘दुई जना‘ हटाउनुपर्ने,
२६ दफा १४ को ९ख०मा कल निर्वाचन अवधिमा कति दिन भन्ने तोक्नुपर्ने, एकैपटक मात्र गर्ने भए कतिवटा पत्रिकामा खुल्नुपर्ने, अनलाइन पत्रिकाको हकमा के हुने स्पष्टता हुनुपर्ने ,
२७ दफा ९१५ को –च० मा रहेको पच्चीस हजारको सट्टा पचास हजार गर्ने,
२८ दफा २० मा रहेको मोबाइलको दुरुपयोग रोक्ने उपाय अवलम्बन गर्नुपर्ने,
२९ दफा २० को ९च० मा मतदानको अवधिभर भन्ने थप गर्नुपर्ने,
३० दफा २२ को ९ख० को औचित्य प्रष्ट हुनुपर्ने,
३१ दफा २४ को ९घ० मा दफा १४ मा लेखिएबाहेक थप्नुपर्ने,
३२ दफा २४ को ९च० ९झ० र ९ञ० लाई गाभेर मौन अवधिमा मात्र सीमित नगरी निर्वाचन अवधिभरमा लागू गर्ने गरी वाक्य संरचना गर्नुपर्ने,
३३ दफा २४ मा कुनै राजनीतिक दल वा उम्मेदवारको कार्यक्रम र विचारलाई बढी वा कम स्थान नदिई समानुपातिक तथा सन्तुलित समाचार तथा विचार प्रवाह गर्नुपर्ने,
३४ दफा २९ को जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने,
३५ दफा ३३ को सुक्ष्म अनुगमनको कार्यक्षेत्र डिजिटल माध्यम, अनलाइन पत्रिका, सामाजिक सञ्जाल आदिलाई समेटेर विशेष इकाई गठन गर्नुपर्ने,
३६ अनुसूची ३ को दफा ८ हटाउनुपर्ने, ३७। अनुसूची ४ को द्रष्टव्य ९३० थप गरी उजुरीकर्ताले आवश्यकताअनुसार यस ढाँचाबाहेक उजुरी गर्न सकिनेछ ।
शंकर पोखरेल महासचिव










प्रतिक्रिया दिनुहोस्