अर्थ

शेयर बजारमा सामान्य अंकको वृद्धि



काठमाडौँ, ७ भदौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सामान्य अंकले बढेको छ ।

आज नेप्से १.८१ अंकले बढेर दुई हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । र रु जलविद्युत कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।