काठमाडौँ, ८ भदौ । काठमाडौँको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गएराति कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकारको मृत्यु भ्येको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । टिपर सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्