राजनीति

मध्यपुरथिमिको प्रमुखमा एमाले का ,मदनसुन्दर श्रेष्ठ बिजय नजिक



भक्तपुर, ८ जेठ । मध्यपुरथिमि नगरपालिका–८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथ ः श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठले एक हजार ४२ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महिला वडा सदस्यमा नेपाली काँग्रेसकी रमिता जिमा साय श्रेष्ठ दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी हुनुभएको छ ।

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि हुनुहुन्छ ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि हुनुहुन्छ ।

मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।