काठमाडौँ, १० भदौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ ।
आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरे एजेन्डामाथि छलफल गर्नेछ । यसअघि बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने, संगठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेस गर्नेलगायतका एजेन्डा पनि तय गरेको छ । साथै मनोनित केन्द्रीय सदस्यहरुले आजै शपथ लिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी, गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।










प्रतिक्रिया दिनुहोस्