अर्थ

नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली बङ्गलादेश लैजाने



काठमाडौँ, १० भदौ । बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने भएको छ ।

काठमाडौँमा विहिवार सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चाैथाे बैठकले सहमति गरेको हो । तर, नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्नु पर्ने हुन्छ ।

बैठकले त्रिपक्षीय छलफल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जन्येको छ । प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गर्ने सहमति भएको छ । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो ।