समाचार

हत्कडीसहित भागेका युवक पक्राउ



धनगढी, ११ भदौ । हत्कडीसहित भागेका युवकलाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ । चौधरी गाँजा सेवनकर्ता भएको खुलेपछि घरमा खानतलासी गर्दा ४७ किलो गाँजासमेत फेला परेको प्रहरीले जनाएको छ ।