कास्की, ११ भदौ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा नालामा खसेर एक बालकको मृत्यु भएको छ ।
गएराति परेको वर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ वर्षीय रविन तिवारीको मृत्यु भएको कास्कीका प्रहरीले जनाएको छ ।
पोखरा १९ काउरेका रविन आमा र दिदीसँग दर खाएर राति साढे ८ बजे घर फर्किदै गर्दा नालामा खसेको थियो । राति नालामा खसेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । नालामा खसेको करिब साढे १ घण्टामा भेटिएका उनलाई पोखराका मणिपाल अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पोखरामा शुक्रबार बेलुका ठूलो वर्षा भएको थियो ।










प्रतिक्रिया दिनुहोस्