काठमाडौँ, १३ भदौ । देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । कञ्चनपुर र कैलालीको केही स्थानमा भारी वर्षा मापन भएकोछ ।
मोहना मालाखेतीमा जलसतह सतर्कता तह पुगेको छ भने कान्द्रा, मोहना, खुटियालगायत साना खोलाहरूमा आकस्मिक बाढी आउनुको साथै होचा ठाँउमा डुबान हुनसक्ने भएकाले बिहान ८ बजेसम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, बर्दियाको रम्बापुर, रानी जरूवा नर्सरी, धनवासलगायत कैलाली, कञ्चनपुर, डडेलधुरा, प्यूठानको केही स्थानमा भारी वर्षा भएको छ ।यी क्षेत्रमा थप हुनसक्ने महाशाखाको भनाइ छ । बबईका सहायक नदीलगायत कान्द्रा, मोहना, रंधुन,चौधरनदीमा आकस्मिक बहाव हुनसक्ने र तटीय क्षेत्रमा ९ बजेसम्म सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्