एजेन्सी, १३ भदौ । घानाको चिडियाखानाको सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् ।
राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ । ‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको ।
सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्