काठमाडौँ, १४ भदौ । हरितालिका तिज आज मनाइँदैछ । हिन्दू नेपाली महिलाले महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज नाचगान गर्ने पनि चलन छ ।
आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तिज पर्व समापन हुन्छ ।










प्रतिक्रिया दिनुहोस्