राजनीति

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै



काठमाडौँ, १५ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बुधबार पनि बस्दैछ ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाका तथा प्रदेशसभाका सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । शीर्ष नेताहरुको बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि बुधबार बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । दलका दाबीमाथि कार्यदलले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन ।