समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु



दाङ, १५ भदौ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर २ जनाको मृत्यु र १२ जना घाइते भएको छ । मृतक र घाइतेको नाम खुल्न बाँकी रहेको छ ।

आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी गईरहेको र चार/पाँच घन्टा हिडेर घटनास्थलमा पुगिने बताइएको छ ।

त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन ।