Banner News

गठबन्धनका नाममा कांग्रेसले जित्ने ठाउँ नछाड्न देउवामाथि चर्को दबाब



काठमाडौँ, १५ भदौ । पनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कांग्रेसले जित्नसक्ने ठाउँ नछाड्न दबाब परेको छ ।गठबन्धनका नाममा पार्टीले जित्ने आधार भएका ठाउँमा सम्झौता नगर्न उनीमाथि नेताहरूको दबाब परेको हो ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा कांग्रेसको मत र कार्यकर्ताको भावना सम्बोधन हुने गरी गठबन्धन गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा सहभागी नेताहरूले आफूहरू गठबन्धनप्रति प्रतिबद्ध रहे पनि जितको आधार क्षेत्र छाड्न नहुनेमा जोड दिएका थिए । साथै, नेताहरूले ६० प्रतिशत आफूले राखेर मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।