राजनीति

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस: कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौँ, १६ भदौ । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।

सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन ।

नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरे पछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।