राजनीति

निर्वाचन आयोगलाई झट्का, तत्काल मतपेटिका नकिन्न आदेश



काठमाडौँ, १६ भदौ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरुलाई जानकारी दिनुहोला आदेशमा भनिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।