Banner News

निलम्बित प्रधानन्यायाधीश जबराको आजको बयान सुरु



काठमाडौँ, १६ भदौ,। महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ ।

समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार उनले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा अन्य न्यायाधीश र राजनीतिक दलका नेताहरुमाथि पनि विभिन्न आक्षेप लगाएका थिए ।