राजनीति

कैलाली–५ माबाट आरजु राणा एकल उम्मेदवार सिफारिस



काठमाडौँ, १६ भदौ । कैलाली–५ बाट कांग्रेसले डाक्टर आरजु राणा देउवालाई आगामी संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रदेश कार्यसमितिले आज राणाको एकल नाम सर्वसम्मतिले संघीय निर्वाचनको उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

समावेशी समानुपतिकतर्फ भने १३ जनाको नाम सिफारिस गरिएको कांग्रेस कैलाली जिल्ला सचिव नृप सुनारले बताए।समानुपातिकका लागि सिफारिस हुनेहरूमा प्रदेश महामन्त्री रहेका नरनारायण शाह मनु, वर्तमान प्रदेशसभा सदस्य तथा राज्यमन्त्री रहेका टेक बहादुर रैका, केन्द्रीय सदस्य तथा पूर्व मेयर नृप वड, केन्द्रीय सदस्य तथा पूर्व उपमेयर शुशीला मिश्र भट्ट लगायत छन्।