सिरहा, १७ भदौ । जिल्लाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो ।
करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेको हो । करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानीय भुमिजा अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्