सम्पादकीय

राजनीति: संघर्षकाे मैदान की रंगमन्च ?



पहिलाे पुस्ताका नेताहरुले जेल, नेल र भूमिगत जीवन बिताएर देशमा ऐतिहासिक राजनैतिक परिवर्तन गरि देश र जनतालाई ठूलाे गुन लगाउनु भएकाे छ । हामीे देशकाे व्यबस्था परिवर्तन पछि अबस्था परिबर्तन गर्न अर्काे संघर्ष गर्नु पर्नेमा हामी मैदान छाडी कथा, कविता, गित, संगित, हास्यब्यङग र भाषणमा नै रमाईरहेका छाैं ।

हाे, समृद्ध नेपाल र सुखी नेपालीकाे लक्ष्य प्राप्ति पछि खुशी नेपाली बनाउन रमाईले नी गर्नु पर्दछ । तर पनि अहिले नै राजनीतिलाई रंगमन्च बनाउनु उपयुक्त हुंदैन । हामीले हरेक ठाउँमा देशकाे अवस्था परिवर्तन गर्न सक्ने विज्ञ र अनुभवी ब्यक्तिहरुलाई संलग्न गराउन सक्नु पर्दछ ।

किनभने नभत्किएको बाटोमा अर्को पत्र थप्ने, मुहान सुक्न लागेको ठाउँमा कुलो बनाउने, बाटो नै नभएको ठाउँमा पुल बनाउने, पहाडका टाकुरामा टावर बनाउने पैसाले बन्द भएका उद्योगहरू पुनः सन्चालन गर्न सकिन्छ । लाखौको रोजगारीको सृजना, किसानको उत्पादनको बिक्री, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन पनि साथसाथै हुन्छ । देश बिकास र समृद्धिको नयाँ चरणमा प्रवेश गर्न सक्छ । यस तर्फ हामी सबैकाे ध्यान जानु जरुरी छ ।

सम्पादकीय