डोटी, १७ भदौ । जिल्लाको जोरायल गाउँपालिका–२ मिल चौराहास्थित एक होटेलबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जुवातास खेलिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका–६ घर भएका २४ वर्षीय लोकेन्द्र साउदसहित १२ जना पक्राउ परेका हुन् ।
जुवा खालबाट प्रहरीले १ लाख २२ हजार नगद र ३ बुक तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्