काठमाडौँ, १७ भदौ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।
आज काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन् ।
उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षेत्र, राष्ट्रियता र देश बनाउन गरेका काम सुरक्षित रहेको जिकिर गरे ।










प्रतिक्रिया दिनुहोस्