समाचार

‘सुन्दर देश नेपाललाई समृद्ध बनाउने जिम्मा विद्यार्थीको काँधमा छ’



हिजो मात्र कक्षा बाह्रको नतिजा प्रकाशित भयो । भाईबहिनीहरुको मेहनत र आमाबाबुको लगानीको नतिजा हो यो । आईरन गेट पछिको गोल्डन गेटको स्वागतद्वार पनि हिजोबाट खुल्यो । उच्च शिक्षा तथा तालीम हासिल गरि जीवनलाई सुनौलो बनाऊने सुवर्ण अवसर पनि हो यो । आफ्नो नतिजा जे जस्तो आए पनि अब त्यसलाई थप राम्रो बनाउने प्रण गर्नुस । सबैलाई उज्जल भविश्यका लागि हार्दीक बधाई तथा शुभकामना ।

विद्यालय शिक्षा भनेको हाम्रो आधार स्तम्भ हो । यस पछि मात्र हाम्रो व्याबसायिक तथा पेशागत शिक्षाको सुरुवात हुन्छ । हामी कुन क्षेत्रमा जाने भन्ने महत्वपूर्ण दोबाटोमा पुगेका छौ । साथीको लैलैमा पछाडि नलागी आफ्नो रुची र क्षमताका आधारमा अगाडि बढ्नु होस । तपाई हस्पिटालिटी, बिजिनेस, मेडिकल, आईटी र ईन्जिनियरिङ देखि फिल्म स्टडिज लगायतका उत्कृष्ट विषयहरु रोजी आफ्नो भविश्य सुनिश्चित गर्नुहोस ।

स्नातक सम्मका लागि नेपाल मै उत्कृष्ट कलेज तथा विश्वविद्यालय हरु छन् । नेपाल भित्रका विश्वविद्यालय का अलवा विदेशी विश्वविद्यालयका डिग्री नेपाल मै प्रदान गर्ने दर्जनौ कलेजहरु छन् । तपाई आमाले पकाएको भात खाएर बुबाले कमाएको आम्दानीले भ्याउने लगानीमा युरोप र अमेरिकाको शिक्षा नेपाल मै लिन सक्नु हुन्छ । सकेसम्म स्नातकसम्म नेपाल मै अध्ययन गरी आवश्यक परे स्नातकोत्तरका लागि विदेश जानुहोस । यो सुन्दर देशलाई समृद्ध बनाउने जिम्मा तपाईहरु कै काँधमा छ । पुनः एक पटक हार्दीक बधाई तथा शुभकामना