काठमाडौँ, १८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हिजो बिहान यूएईबाट फ्लाई दुबई विमानमार्फत् त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी भीआईपी कक्ष प्रयोग गरी भागेका थिए ।
सुनसरी घर भएका ३० वर्षका आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा थिए । विमानस्थलबाट भाग्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडी प्रयोग भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्