राजनीति

सिन्धुपाल्चोक–२ बाट एमालेका दुई जनाको नाम सिफारिस



सिन्धुपाल्चोक, १८ भदौ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट २ जनाको नाम सिफारिस गरिएको छ ।

आज बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ र हस्त पण्डितको नाम सिफारिस गरेको हो ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकतर्फ ७ जनाको नाम पनि सिफारिस गरिएको छ । समानुपातिकतर्फबाट कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र दावा तामाङ रहेका छन् ।