काठमाडौँ, २० भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका वर्तमान सांसद महेश बस्नेत सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार चयन हुनुभएको छ ।
आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको लागि नेता बस्नेतले एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं. २ बाट सर्वसम्मत सिफारिस हुनुभएको हो । नेता बस्नेतले ०७४ को निर्वाचनमा पनि कांग्रेसलार्य दोब्बर मतको भारी अन्तरले पराजित गराउनुभएको थियो । यसभन्दा अघि निर्मल भट्टराईले उम्मेदवारको टिकटको लागि इच्छा व्यक्त गरेता पनि एमालेको केन्द्रीय नीति अनुसार जनप्रीयताको आधारमा नेता बस्नेतको नाम सर्वसम्मत गरिएको एमालेले जनाएको छ । गठबन्धनलाई पराजीत गराउन तथा राष्ट्रिय राजनीतिलाई समेत नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएका नेता बस्नेतले भक्तपुरको लागि मात्र नभई मुलुककै राजनीतिक मियो भएकाले वर्तमान अवस्था तथा गठबन्धनलाई पराजित गर्नको लागि उहाँको विकल्पमा नभएको एमालेको धारणा रहेको छ ।
विकासको पर्यायवाची शब्दको रुपमा आफ्नो नाम स्थापीत गराउन सफल हुनुभएका नेता बस्नेतले अबको नेतृत्व गरे भक्तपुर नमुना बन्ने स्थानीयवासीको बुझाई रहेको छ । एमालेको नेतृत्व तथा नेता बस्नेतले पुनः विजयी हासिल गर्नुभएमा विकास र समृद्धिमा भक्तपुरको मुहार ऐतिहासिक रुपमा परिवर्तन आउने भएकाले सोही अनुसार अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको जनताको ठम्याई रहेको छ ।










प्रतिक्रिया दिनुहोस्