काठमाडौँ, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।
उनले भने, ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खालको बनाउनुपर्छ ।’ ‘एक प्रतिशत भ्यालू एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन सक्दैन, ‘त्यो भ्यालू एडिसनकै आधारमा गर्नुपर्छ ।’
मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले उसका समस्याहरूको समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने पनि बताए ।










प्रतिक्रिया दिनुहोस्