काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औँ तहका आठजना अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले मंगलबार आठ जनाको सरुवा गरेका हुन् । मन्त्रीस्तरीय निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकको जिम्मेवारी डा. पवनजंग रायमाझीलाई दिइएको छ भने भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगालेलाई नियुक्त गरिएको छ ।
यस्तै, सार्क क्षयरोग केन्द्रको निर्देशक रहेका डा. अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ भने सार्क क्षयरोग केन्द्रमा यशोदा अर्याललाई पठाइएको छ ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयमा रहेका विजयकुमार झालाई राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रमा सरुवा गरिएको छ । केन्द्रमा यसअघि निर्देशक रहेका सुनिल शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय वाग्मतीमा सरुवा गरिएको छ । वाग्मती प्रदेश निर्देशनालयमा यसअघि निर्देशक रहेका महेश्वर श्रेष्ठको काज फिर्ता गरी लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, केशव पण्डितलाई हेटौंँडास्थित किटजन्य रोग प्रयोगशालामा सरुवा गरिएको मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्