राजनीति

निर्वाचन प्रभावित पार्ने सरकारको संकेतसंगै एमालेको चेतावनी



काठमाडौ, २२ भदौ । आसन्न निर्वाचनलाई प्रभावित पार्ने योजनाका साथ सरकारले सीडिओ को सरुवा गरेको प्रम्ख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वताएका छन् ।
सचेतक भट्टराईले संसदमा बोल्दै हालै आस्थाका आधारमा गरिएका सम्पूर्ण सरुवा बदर हुनु पर्ने माग समेत गरेका छन । निर्वाचनमा पेल्ने सोचका साथ सरकारले कर्मचारीहरुको यो बेलामा सरुवा गरेको ठोकुवा गर्दै उनले भने –स्थानीय तहको निर्वाचनमा हामीले भोग्यौं ।सरकारले पठाएका सिडिओ र एसपीले एमालेका कार्यकर्तालाई छानी छानी पक्रने,मुद्धा लगाउने जस्ता ज्यादती गरे । कतिपय ठाउँमा हामीले प्रतिवाद गर्यौं ।

उनले भने –निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाउँदै उनले सरकारलाई तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए ।