समाचार

सर्पले डस्दा एक बालिकाको मृत्यु



दाङ, २४ भदौ । सर्पले डस्दा दाङमा एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर मृत्यु भएको हो ।

गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको प्रहरीले जनाएको छ ।