राजनीति

अर्थ मन्त्रालयद्वारा निर्वाचनमा १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति



काठमाडौँ, २४ भदौ । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अर्थ मन्त्रलायले निर्वाचन आयोगलाई १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति दिएको छ ।

आयोगले निर्वाचनका लागि १० अर्ब ९८ करोड रुपैयाँ माग गरेको थियो । आयोगका अनुसार अर्थबाट १० अर्बभित्र रहेर खर्च गर्न स्वीकृति आएको हो ।

निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लगाइसके पछि मात्रै छापिने आयोगले जनाएको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।