मनोरञ्जन

सोमबार फिल्म हल बन्द गर्ने निर्णय फिर्ता



काठमाडौँ, २४ भदौ । नेपाल चलचित्र संघले साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

आज नेपाल चलचित्र निर्माता संघसँगको छलफलपछि साेमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।

चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ । वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ ।