Banner News

गठबन्धनले १३ महिनामा गरेको उपद्रोलाई रोक्न एमालेले जित्नु पर्छः ओली



काठमाण्डौ, २६ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बनाउनका लागि आगामी निर्वाचन नेकपा एमालेको जीत नभए मुलुक बर्वाद हुने वताउनु भएको भएको छ ।

गठबन्धनले १३ महिनामा मुलुक र जनतामाथि नै गम्भीर खेलवाड गरेकोले अवको निर्वाचनमा एमालेलाले जित्नुको विकल्प नरहेको अध्यक्ष ओलीले बताउनु भयो । काठमाडौंमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘यसपटकको निर्वाचन एमालेले नजित्ने हो भने देश बर्वाद हुन्छ, गठबन्धनले १३ महिनामै गरेको उपद्रोलाई रोक्न जरुरी छ ।’
देश बनाउने कि बर्वादीलाई बढावा दिने भन्ने निर्णय यो निर्वाचनबाट लिनुपर्ने छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकार मुलुकका लागि अभिषाप बनेको बताउनु भयो । ‘१३ महिनामा मुलुकको आर्थतन्त्र तहस नहस पारेको छ । महंगीको कुरा सुनिनसक्नु छ । मुल्य डरलाग्दो गरी बढेको छ । बैदेशिक मुद्राको सञ्चति डरलाग्दो रुपमा घटेको छ । हरेक ठाउँमा आफ्नो खर्च कटौती गर्नुपरेको छ । कठिनाइ तर्फ जिन्दगी जाँदै छ । सञ्चितिको कुरा परै जावस,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले यसपटकको निर्वाचनमा मत हाल्दा देशको माटोलाई हेर्न आग्रह गर्नुभयो । ‘यो चुनाव हरेक पाँच बर्षमा हुने साधरण आम निर्वाचन जस्तो मात्रै होइन । बिशेष महत्वको हो ।