विश्व

एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्काे हप्ता गरिने



एजेन्सी, २६ भदौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ तारिख अर्थात आउँदो असोज ३ गरिने भएको छ ।

बीबीसीका अनुसार वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीरलाई चार दिन श्रद्धाञ्जलीका लागि राखिने भएको छ । नागरिकलाई पनि शवपेटिका हेर्न दिइने भएको छ । महारानीको राजकीय अन्तिम संस्कारमा परिवार र आफन्तसहित राजनीतिक नेता र विश्वका शीर्ष नेताहरू सहभागी हुनेछन् ।

सेप्टेम्बर १९ का दिन बेलायतमा सार्वजनिक बिदा घोषणा गरिएको बीबीसीले जनाएको छ ।