सोलुखुम्बु, २८ भदौ । सहरी विकास मन्त्री मेटमणि चौधरीलेखुम्बु पासाङ ल्हामु गाउँपालिका–४, पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गर्नुभएको छ ।
‘सर्वाेच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको छ । खुम्बुबासीको माया म भुल्ने छैन । त्यतिमात्र होइन यहाँका जनताले बोलाए पटकपटक आउन तयार छु । यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्ने छु ।’ सहरी मन्त्री चौधरीले भन्नुभयो । विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने धारणा राख्दै मन्त्री चौधरीले भन्नुभयो, ‘भोलि पदमा रहँुला वा नरहँुला तर खुम्बुको विकासमा सधैँ पहल गर्ने छु । यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’ सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले मन्त्रीले पहल गर्नुभएका योजनाहरुमा शतप्रतिसत सहयोग रहने धारणा राख्नुभयो ।
कुल ३ करोड ६९ लाख (भ्याट बाहेक)लागतमा निर्मित स्वास्थ्य चौकी सिएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसा समेत गर्नुभयो । १२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।
सहरी मन्त्रीचौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गर्नुभएको छ । त्यसैगरि ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्लालगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासकालागि डिपिआर देखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फेरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
वडा नम्बर ४ कावडा अध्यक्ष लक्ष्मण अधिकारीले कार्यक्रम सन्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले स्वागत मन्तव्य राख्नुभयो । प्रदेश सांसद बुद्धीकुमार राजभण्डारीले खुम्बुको विकासमा विशेष ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको समग्र विकासमा सहरी विकास मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएकोमा ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नती गर्न, सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्न र प्रशासनिक भवन निर्माणका लागि थप बजेट विनियिोजन गर्नका लागि माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्