राजनीति

नेपाल स्विटजरल्याण्ड बन्न ७ सर्तहरु पूरा गर्नुपर्छ



स्विटजरल्यान्ड एक पर्बतिय भुपरिबेष्टित मुलुक हो । जुन देशमा जमिनले ९५.८% र पानीले ४.२% भाग ओगटेकाे छ । यो देशमा Watches manufacturing company, large scale industry, agriculture, trade, pharmacutical, tourism र banking अर्थतन्त्रका मेरुदण्ड हुन । स्विटजरल्यान्डले बिस्वभरि नै high- end watch निर्यात गर्दछ । उसले एसियामा मात्रै ५५% अनि युरोपमा २९% र अमेरिकामा १४% घडी निर्यात गर्दछ । अहिले पनि स्विस ब्रान्डका घडी भनेपछी मान्छेहरु मरिहत्ते गर्दछन ।

कृषि अन्तर्गत यो मुलुकले आफ्नो देशलाइ चाहिने ६०% उपभोग्य बस्तु आफैं उत्पादन गर्दछ । यहाँका प्रत्येक किसानले वातावरणीय ब्यबस्थापन पद्धतिको अनिवार्य certificate लिनै पर्दछ नत्र त्यहा खेती गर्न पाइन्न । यहाँ अर्गानिक खेतिलाइ बढी प्राथमिकता दिइन्छ र यो क्रम बढदो छ । ब्यापारको छेत्रमा यो मुलुक बिस्वकै २० औं ठुलो निर्यातकर्ता र skilled manpower मा पनि बिस्वकै पहिलो रास्ट्र हो । पर्यटनमा पनि यो मुलुक बिस्वकै पहिलो गन्तव्य सुचिमा पर्दछ । पर्यटन यो देसको प्राण नै हो भन्दा पनि फरक पर्दैन । त्यस्तै स्विटजरल्यान्ड बिस्वकै एक स्थिर अर्थतन्त्र भएको देश हो । मौद्रिक सुरक्षा नीति यो देसको पहिलो सर्त हो । त्यसैले बैदेसिक लगानीको लागि यसलाइ स्वर्गको देस भनेर चिनिन्छ । banking सेक्टर स्थिर छ । बिस्वभरिकै धनाढ्यहरू यहाँका बैंकमा पैसा जम्मा गर्न लालायित हन्छन ।

बैंकिङ गोपनियता १००% नै छ । उतारचढाव छैन । यसो नहुनुमा यो देशले प्रथम र दोस्रो दुबै बिस्वयुद्दमा तटस्थ भुमिका अपनायो, युरोपियन युनिअनको सदस्य पनि भएन र २००२ सम्म Uno को सदस्य रास्ट्र पनि भएन!!! यहि बिचमा यो मुलुकले अर्थतन्त्रमा ठुलो फडकाे मार्यो । तर बिडम्बनाकाे कुरा,प्राकृतिक श्राेत,साधनमा नेपाल पनि स्विटजरल्यान्ड भन्दा कम्ती छैन । मानव श्राेत र संसाधनमा त झनै अब्बल छ ।

नेपाल स्विटजरल्याण्ड बन्न निम्न सर्तहरु पूरा हुनुपर्छ:
१. स्थिर सरकार मात्रै नभएर राजनितिक स्थाइत्व हुनपर्ने ।
२. पुर्बाधार बिकासको क्षेत्रमा पैसा खन्याउने ।
३. देशविदेशमा छरिएर रहेका बिषय बिज्ञहरू भेला गरेर एउटा expert forum for infrastructure development बनाउने ।
४. त्यो मंचलाई आफ्नो विषय बिषेसज्ञताकाे आधारमा अल्ग्याउने ।
५. अहिले foreign investment आइहाल्ने शंभावना छैन त्यसैले गर्दा अब World bank, Asian development bank, Imf बाट सकेसम्म धेरै soft loan लिने ।
६. सिक्षा, स्वास्थ, कृषिमा आधारित उद्योग, हाईड्राेपावर र कनेक्टिभिटीमा पन्ध्र बर्ष भित्र कम्तिमा ५० वटा मेगा प्राेजेक्ट सम्पन्न गर्ने ।
७. भ्रष्टाचारमा चिनको जस्तो शुन्य सहनसिलताको संस्कृति निर्माण गरि शुसासन कायम गर्ने यतिमात्र गर्न सक्यौं भने हामी नयाँ नेपाल बनाउन सक्छौं ।
गणेश सिंह अधिकारी