Banner News

प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, २९ भदौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।