राजनीति

सबै मन्त्रीले बुझाए सम्पत्ति विवरण



काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छन् ।

बुधबार (हिजोसम्म) सबै मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।

मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार यो आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई सम्पत्ति विवरण बुझाउन हिजोसम्मको समयसीमा थियो । उक्त अवधिमा मन्त्रिपरिषद्का सबै सदस्यले सम्पत्ति विवरण बुझाएको हो ।

अब जतिसक्दो छिटो उक्त सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक गरिने छ ।