मनोरञ्जन

विदेशी फिल्मलाई कडाइ गर्दै बोर्ड



काठमाडौँ, ३० भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न र कर दाखिला गर्न अल्टिमेटम दिने निर्णय गरेका छन् ।

उनले रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने र राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम ल्याएको छ । कात्तिक १ गतेदेखि यो नियम लागू हुने जनाइएको छ ।

यतिबेला भने आजको आजै वा आजको भोलि शैलीमा विदेशी फिल्मको सेन्सर हुने गरेको छ भने नेपाली फिल्मलाई सेन्सरमा प्राथमिकता दिइने गरिएको छैन । यी असन्तुष्टिबीच बोर्डले नयाँ सूचना जारी गरेको हो ।