Banner News

१२६ जनामा कोरोना संक्रमण, १३७ जना डिस्चार्ज



काठमाडौँ, ३० भदौ । थप १२६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार १२१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना रहेका छन ।

मन्त्रालयका अनुसार १३७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८४ हजार ९७७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १५ जना रहेको मन्त्रालयले जनाएको छ ।