काठमाण्डौ, ३० भदौ । चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका बिहीबार बिहानबाट खुलेको छ । कोभिड महामारी नियन्त्रण गर्न तिब्बतमा गरिएको लकडाउनका कारण नाका बन्द हुँदा केरुङमा रोकिएका कन्टेनर भित्र्याउन नाका खोलिएको हो । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।
तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले साउन २२ गतेदेखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाएपछि दसैं र तिहारका लागि आयात गरिएको व्यापारीका अर्बौ मूल्य बराबरको सामान तिब्बतमा रोकिएको थियो । नाका खुलेपछि बिहीबार बिहान ‘चाइना र नेपाल बोर्डर न्यू मोडालिटी’अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको विषयमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेका थिए ।
रसुवागढी नाकाको नेपालतर्फ ुचाइना र नेपाल बोर्डर न्यू मोडालिटी’ अनुरुप अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड कोभिड प्रोटोकलको सम्पूर्ण तयारी पूरा गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नवराज जैशीले केरुङमा रोकिएका कन्टेनर बिहीबार बिहानबाट आउन सुरु गरेको बताउनु भयो ।
उहाँका अनुसारचिनियाँ पक्षले चौबिसै घन्टा सामान पठाउन हामी तयार छौं भनेकोछ । चिनियाँ नाका बन्द हुँदा दसैं, तिहार र जाडोको लागि आयात गरिएको अर्बौं मूल्य बराबरका सामान केरुङमै रोकिएको थियो । राजधानीलगायत मुलुकका मुख्य बजारहरूमा चिनियाँ सामानकै वर्चश्व छ ।
चीनको सिगात्से, केरुङ, न्यालम, ल्हासामै रोकिएका दसैं–तिहार लक्षित सामग्री सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मैनालीले बताउनु भयो । रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३१ महिना भयो ।
मानिसको आवतजावत पनि बन्द छ । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको थियो । २०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात, निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस ९कोभिड–१९० देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात, निर्यात थप प्रभावित भएको हो ।










प्रतिक्रिया दिनुहोस्