Banner News

डेंगु फैलिएपछि सुरु भयो हटलाइन सेवा, एम्बुलेन्स सेवा पनि निशुल्क



काठमाडौँ, ३१ भदौ । डेंगु फैलिएपछि काठमाडौँ महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको छ । डेंगु संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट नै परामर्श लिन सकिनेछ ।

आवश्यक परे १०२ मा फोन गरेरमहानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिनेछ । ‘डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा हो,’ उनले भनेका छन्, ‘यसका लागि महानगर पहिलेदेखि नै महानगरस्तरमा सक्रिय रहेको जानकारी गराउँदछौँ ।’