काठमाडौँ, ३१ भदौ । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज १ गते शनिबार रातिदेखि स्वतः निष्कृय हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९/०५/२८ को पत्र तथा मिति २०७९/०५/२९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९/०६/०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।,”










प्रतिक्रिया दिनुहोस्