काठमाडौ,३१ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाई सम्बोधन गरेका छन् । उनले संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए ।
प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए । उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे ।
‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।
पार्टी विभाजनको प्रसंग जोड्दै उनले चित्तदुखाइ पनि व्यक्त गरे ।
उनले अबको चुनावमा एमाले भर्सेस गठबन्धनको प्रतिस्पर्धा हुने उल्लेख गरे । उनले पार्टीका सांसदहरूलाई चुनावी अभियानमा होमिन निर्देशन दिए । नेकपा एमालेले कुनै हालतमा चुनाव जित्ने र जित्नुपर्ने उनले दोहोर्याए ।ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्याउन लाग्नुस् ।’
बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।










प्रतिक्रिया दिनुहोस्