काठमाण्डौ३१ भदौ । अन्र्तराष्ट्रिय बजारमा मूल्य बढ्दा , यहाँ बढ्ने गरेको छ । त्यसमा पनि छिमेकी मुलुक भारतले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्ने वितिकै यहाँको सरकारले मूल्य वृद्धि गर्ने एक प्रकारको प्रचलन नै छ । तर ,भारतले पटक–पटक मूल्य घटाएर पठाउँदा समेत किन यहाँको सरकारले मूल्य समायोजन गर्देन भन्ने आम प्रश्न उठ्न थालेको छ । निगमले सधै जसो निगम घाटामा रहेको रेडिमेड उत्तर दिएर अन्र्तराष्ट्रिय बजारमा मूल्य घट्दा पनि यहाँ सरकारले घटाउने किन चासो दिइरहेको छैन ।
भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले जानकारी गराएको छ ।
डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्