काठमाडौँ, २ असोज । यो वर्ष नेपालमा डेङ्गु संक्रमितको संख्या १५ हजार ४२३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार गएको शुक्रबार (सेप्टेम्बर १६)सम्म सो संख्यामा संक्रमित भएका हुन् ।
महाशाखाका अनुसार डेङ्गु का कारण यो वर्ष १६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यो अवधिमा सबैभन्दा धेरै काठमाडौंमा चार हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, ललितपुरमा चार हजार ३१२, भक्तपुरमा ६३८, मकवानपुरमा एक हजार ४९३, दाङमा ८४२, रुपन्देहीमा ६४६, चितवनमा ३७० जनामा संक्रमण पुष्टि भएको छ । अरू जिल्लामा संक्रमितको संख्या १०० देखि २०० सम्म रहेको महाशाखाको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्