समाचार

एक बालककाे शव मकैबारीमा फेला



रुकुम पश्चिम, ३ असोज । रुकुम पश्चिममा एक बालककाे शव मकैबारीमा फेला परेको छ ।

आइतवार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हाे । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।

बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।